बिएल संवाददाता
आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको छ।
बिहीबार अफ्रिकाबाट युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको हो। अफ्रिका क्षेत्रकाट टी–२० विश्वकप खेल्दै आएको जिम्बाबे यस पटक भने छनोटमा परेन। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने नवौँ संस्करणको टी–२० विश्वकप जुन ४ देखि ३० गतेसम्म आयोजना हुनेछ।
अघिल्लो विश्वकपमा शीर्ष ८ मा परेका ८ टोली भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अस्ट्रेलिया र इङ्गल्यान्ड सोझै विश्वकपमा पुगेका थिए। आईसीसी टी–२० विश्वकपको वरियातको आधारमा अफगानिस्तान र बंगलादेशले पनि विश्वकपमा स्थान बनाएको थियो भने बाँकी १० टोलीले प्रतिस्पर्धा गरेर विश्वकपमा स्थान बनाउनु पर्ने थियो। जसमा अफ्रिका क्षेत्र छनोटबाट युगान्ड र नामिबियाले टी–२० विश्वकपमा आफनो स्थान सुरक्षित पारे।
त्यस्तै, युरोपेली क्षेत्र छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले आफ्नो स्थान सुरक्षित पारे। अमेरिकी क्षेत्रको छनोटमा क्यानडाले विश्वकपमा स्थान बनायो। त्यस्तै, पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको छनोटबाट पपुवा न्युगिनीले विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाए। एसियाली क्षेत्र छनोटबाट नेपाल र ओमानले पनि टी–२० विश्वकपमा आफ्नो स्थान बनाए।
यसअघि टी–२० विश्वकपमा १६ टोली खेल्दै आइरहेको थियो। तर आगामी वर्ष हुने टी– २०विश्वकपका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले चार टोलीलाई थपेर २० वटा टोली बनायो। टी–२० विश्वकप खेल्ने टोलीको टुंगो लागेसँगै अब समुह विभाजन हुनेछ। त्यसपछि कुन टोलीको प्रतिष्पर्धा कोसँग हुने भन्ने तालिका आउँनेछ
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया