बिएल संवाददाता
गण्डकी प्रदेशकी पूर्वसांसद पियारी थापा मगर (शुप्रभा)ले पनि वैदेशिक रोजगारीमा जानको लागि कोरियन भाषा पढिरहेकी छिन्।
पियारी राष्ट्रिय जनमोर्चाबाट अघिल्लो कार्यकाल (०७४/०८९)मा समानुपातिक सांसद बनेकी थिइन्।
प्रदेश सांसदको कार्यकाल सकिए लगत्तै उनले कोरियन भाषा अध्ययन गर्न सुरु गरेको र अहिले इपिएस शाखाले लिएको सीपबिल्डिङको पहिलो चरण परीक्षा उत्तीर्ण गरेकी छिन्।
उनले सीपबिल्डिङको लागि इपिएसले लिएको परीक्षाको पहिलो चरणमा उत्तीर्ण भएकोमा उनले अध्ययन गरिरहेको सीतापाइलास्थित क्यानभास इन्स्टिच्युले बधाईसमेत दिएर आफ्नो अफियल पेजमा सेयर गरेको छ।
यद्यपि, अहिले त्यो भने हटाइएको छ।
त्यस्तै क्यानभासका म्यानेजिङ डिरेक्टर निरज गिरीले पनि पियारीले आफ्नो कन्सल्टेन्सीमा अध्ययन गरिरहेको बताए।
के पियारी थापाजूले हजुरको कन्सल्टेन्सीमा कोरियन भाषा पढ्नुहुन्छ? भन्ने प्रश्नमा एमडी गिरीले– हो भनेका छन्।
पियारी प्रदेश सांसद हुँदा पनि बेला–बेलामा चर्चा र विवादमा आउने ब्यक्ति हुन्।
रक्तिम सांस्कृतिक अभियानकी प्रखर कलाकारसमेत रहेकी उनी कोरियन भाषा पढेर प्रदेशिन लागेको खबरले उनका समर्थकहरु दुःखी बनेका छन्।
उनका एक जना शुभचिन्तकले भने– के यो देश बस्नै नसकिने भएको हो?
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया