बसन्त कुमार उपाध्याय
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले ‘राजा सक्रिय भएर राजनीति गर्न खोजेपछि’ हट्नुपरेको बताएकी छिन्।
‘नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा सहभागी हुन नेपालगञ्ज आएकी उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै राजतन्त्र फर्किने ‘डर’को राजनीति अब सफल नहुने दाबी पनि गरिन्।
‘कुनैबेला नेपाली जनतासँग राजसंस्थाले ‘संवैधानिक राजतन्त्र’ भनेर सम्झौता गरेकै हो। तर विस्तारै राजाले आफैँ राजनीतिमा आउन खोजेपछि राजा हटेका हुन्। मानिसलाई राजाको अनुहार मन नपरेर हटाएको होइन’, उनले भनिन्, ‘अब राजतन्त्र फर्किने भन्नेमा केही सत्यता छैन र सम्भावना पनि छैन।’
देउवाले धर्म निरपेक्ष राष्ट्रका सवालमा भने आफ्ना केही मान्यताहरू रहेको बताइन्।
‘धर्म हरेक व्यक्तिको व्यक्तिगत अधिकारको कुरा हो। तर नेपालमा मात्रै होइन हरेक देशमा जसको बाहुल्य हुन्छ, त्यसलाई नै सबैले मान्नुपर्ने हुन्छ। मेरो भन्नु यत्ति हो’, उनले भनिन्।
त्यस्तै संघीयताकै कारण देशको हरेक कुनाहरूमा विकासको लहर पुगेको भन्दै त्यसको विरोध गर्नुमा कुनै तुक नरहेको बताइन्।
‘संघीयताले देशको विकास भइरहेको छ। केन्द्रीयतामात्रै भइरहेको भए हाम्रा यी गाउँठाउँको विकास कसरी हुन्थ्यो होला र? यसलाई अझै व्यवस्थित गरेर लैजाने हो,’ उनले भनिन्, ‘यो कामै नलाग्ने भन्ने होइन। संघीयताले धेरै गाउँठाउँ र नागरिकको जीवनमा पनि परिवर्तन देखिएको छ। संघीयताका लागि हामीले जे सोचेका थियौँ, त्यो अझै हुन सकेको छैन। तर जे भइरहेको छ, त्यो राम्रो भइरहेको छ।’
उनले आफूले आफ्ना सबै ‘करिअर’हरू छोडेर राजनीतिमा आएका पार्टीभित्र शेरबहादुर देउवा रहे पनि नरहे पनि आफू भने पार्टी र संगठनमा सधैँ सक्रिय भएर लागिरहने बताइन्।
‘म आफू पनि प्रजातन्त्रमा विश्वास गर्ने मान्छे हुँ। भोलि पार्टीमा मेरो भूमिका के हुन्छ भन्ने कुरा अहिले नै भन्न सक्दिनँ। मलाई पावर चाहिएको छैन। पावरका लागि म राजनीतिमा लागेको पनि होइन। संगठनमा अघि त बढिन्छ नै,’ उनले भनिन्, ‘मेरो अघि-पछि कोही हुनु र नहुनुमा त्यसले फरक पार्दैन। म आफ्नै क्षमताले अघि बढेको मान्छे हुँ।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया