सानै उमेरमा सपनाको घर ठड्याएका स्टार किड्स

BreaknLinks
BreaknLinks

नाम, काम र बदनामले चर्चित छ बलिउड। त्यसैले त स्टारहरू कहिले आफ्नो फिल्मको कारण त कहिले आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन्। 

तर बलिउडका कलाकार मात्र हाेइनन् उनीहरूका सन्तानहरू पनि यसबाट बच्न सक्दैनन्। स्टार किड्सकाे चर्चा पनि सदाबहार चलिरहन्छ। 

बलिउडमा यस्ता धेरै स्टार किड्स छन् जसले सानै उमेरमा नाम कमाएका छन् र आफ्नो सपनाको घर पनि किनेका छन्।

सानै उमेरमा घर किनेका स्टार किड्स

अनन्या पाण्डे 

अभिनत्री अनन्या पाण्डेले घर किनिसकेकी छिन्। आफूले कमाएकाे पैसा उनी पहिलाेपल्ट घर किन्न सफल भएकी हुन्। 

सानै उमेरमा आफ्नाे बलबुतामा घर किन्न सफल भएकी पाण्डे खुसी छिन्। उनकाे घरलाई अभिनेता शाहरूख खानकी श्रीमती गाेरी खानले डिजाइन गरेकी हुन्। 

आलिया भट्ट 

आलिया भट्टले सन् २०१२ मा करण जोहरको फिल्म 'स्टुडेन्ट अफ द इयर' बाट आफ्नो यात्रा सुरु गरेकी थिइन्। 

आलिया २४ वर्षकी थिइन् जब उनले आफ्नो आमाबाबुको घर छोडेर आफ्नो लक्जरी अपार्टमेन्टमा बस्ने निर्णय गरिन्। 

तर, अहिले आलियाले रणबीर कपूरसँग विवाह गरेकी छिन् र दुवै मुम्बईको पाली हिल्समा छोरी राहासँग बस्दै आएका छन्।

जान्हवी कपूर 

बोनी कपूर र श्रीदेवीकी जेठी छाेरी हुन्, जाह्नवी कपूर। भलै, उनी उमेर सानै छिन् तर घरकी मालिकनी भइसकेकी छिन्। 

उनले मुम्बईको आवासीय क्षेत्र पाली हिल्समा डुप्लेक्स किनेकी हुन्। ६५ करोडको लागतमा किनेकाे घरमा स्विमिङ पुल र बगैँचा पनि छ। जाह्नवीले यो घर किन्नुअघि आफ्नो जुहुको घर राजकुमार रावलाई बेचेकी थिइन् ।

इरा खान 

आमिर खानकी छोरी इरा खानले पनि घर किनेकी छन्। सन् २०२० मा कोरोना भाइरसपछि लागू गरिएको लकडाउनमा बुबा आमिरसँग फार्महाउसमा बस्दै आएकी थिइन्।

तर पछि उनले आफ्नै नयाँ घर किनिन्। उनले आफ्नाे घरकाे फाेटाे बेलामाैकामा सेयर गरिरहन्छिन्। 

टाइगर श्राफ 

ज्याकी श्राफका छोरा टाइगर श्राफले पनि इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएका छन् र अक्सर चर्चामा रहन्छन्।

सन् २०२१ मा टाइगरले आफ्नो लागि मात्र नभई आफ्नो सम्पूर्ण परिवारका लागि एक विलासी घर किनेका थिए। जसमा उनी आफ्ना पिता, आमा आयशा श्राफ र बहिनी कृष्णा श्राफसँग बस्छन्।

प्रकाशित मिति: : 2023-11-27 20:55:00

प्रतिकृया दिनुहोस्