फिल्ममा काम नगरेपनि करोडौं कमाउँछन् अर्जुन रामपाल

बलिउडका चर्चित अभिनेता हुन्, अर्जुन रामपाल। जसले आफ्नो करिअरको सुरुआत मोडलिङबाट गरेका थिए। मोडलिङबाट कलाकारिता क्षेत्रमा पाइलाबाट टेकेका उनी फिल्म क्षेत्रमा आए। 

तर उनले पहिचान बने ‘रक एण्ड रोल’ बाट पाए। त्यस फिल्मबाट उनले ‘नेशनल अवार्ड’ नै जिते। उनले फिल्म ‘रावन’ र ‘ओम शान्ति ओम’ मा ‘नेगेटिभ’ रोल गरेका थिए। 

ती फिल्महरूको हिरो नै शाहरुख खान थिए। तर फिल्ममा शाहरुखको भारी परेका थिए रामपाल। उनको अभिनयलाई दर्शकहरूले खूबै रुचाएका थिए। अभिनयको दुनियाँ आफूलाई चिनाउन सफल उनले सन् १९९८ मा ‘फेमिना मिस इण्डिया यूनिवर्स’ रहेकी जेसियासँग विवाह गरे।

तर २० वर्षपछि नै उनीहरूको विवाह भयो। र, डिर्भोस भएको वर्ष दिनपछि उनले अनाउसमेन्ट गरे कि उनकी गर्लफेण्ड गैब्रिएला डेमेट्रिएड्स  गर्भवती छिन्। र, २०२३ मा उनीहरूको एउटा अर्को सन्तान भयो।

चार जना सन्तानको पिता बनिसकेका छन् रामपाल। भलै उनी फिल्महरूमा त्यति देखिदैनन् तर उनलाई पैसाको कुनै चिन्ता छैन। किनकी उनी आफ्नो रेस्टुरेन्ट र इभेन्ट मैनेजमेन्ट कम्पनीबाट करोडौं रुपैयाँ कमाउँछन्। 

प्रकाशित मिति: : 2023-11-27 20:35:00

प्रतिकृया दिनुहोस्