काे बन्दैछिन् रणदीप हुड्डाकी दुलही...? 

पछिल्लो समय चर्चित छन्, बलिउड अभिनेता रणदीप हुड्डा। उनको चर्चाको कारण बनेको छ, विवाह। लामो समयदेखि प्रेममा रहेका रणदीपले प्रेमीकासँग विवाह गर्न लागेका हुन्। 

२९ नभेम्बरमा विवाह गर्न लागेका उनी परिवार र साथीहरूको उपस्थितीमा मणिपुरमा विवाह गर्दैछन्। मिडिया रिर्पोटका अनुसार उनीहरूले रीतिरीवाजमा विवाह गर्नेछन्। र, डिसेम्बरमा उनीहरूले मुम्बईमा ‘रिसेप्शन पाटी’ गर्ने भएका छन्। 

को हुन् रणदीपकी गर्लफेण्ड? 

रणदीपकी गर्लफेण्डको नाम लिन लैशराम हो। उनी पेशाले एक मोडल, अभिनेत्रीका साथै व्यापारी हुन्। उनी मणिपुरको इन्फालमा बस्छिन्। त्यहीकी उनी चर्चित मोडल र अभिनेत्री पनि हुन्। 

उनले प्रियंका चोपडाका साथ ‘मैरी कम’ जस्ता फिल्महरूमा पनि काम गरेकी छिन्। र उनी शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ पनि खेलेकी छिन्। 

प्रकाशित मिति: : 2023-11-26 12:37:00

प्रतिकृया दिनुहोस्