
बिएल संवाददाता
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट- २०२३ को समाप्तिसँगै भारतीय राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको छ।
सन् २०२१ मा भएको टी– २० विश्वकपपछि भारतीय टिमको मुख्य प्रशिक्षक बनेका थिए, उनी। भारतीय क्रिकेट कन्ट्रोल बोर्डका तत्कालीन अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले रवि शास्त्रीको कार्यकाल सकिएपछि द्रविडलाई मुख्य प्रशिक्षकको भूमिकामा मनाएका थिए।
द्रविडको प्रशिक्षणमा भारत लगातार १० खेल जितेर एकदिवसीय विश्वकप- २०२३ को फाइनलमा पुगेको थियो, जहाँ अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो। र, मुख्य प्रशिक्षकले ‘टिम इन्डिया’बाट बिदाइका हात हल्लाउँदैछन्।
भारतीय सञ्चारमाध्यमका अनुसार द्रविडले इन्डियन प्रिमियर लिग (आइपिएल)को फ्रेन्चाइज ‘लखनउ सुपर जायन्ट्स’सँग कुराकानी गरिरहेका छन्। यदि लखनउसँत कुरा मिल्यो भने द्रविड आइपिएल- २०२४ अघि नै एलएसजीको मेन्टर बन्न सक्नेछन्।
तर, बाहिर जे- जस्तो चर्चा भएपनि द्रविड र बिसिसिआइबीच हुने सम्भावित बैठकले यी सबै कुराको निर्णय गर्नेछ। उनले आफ्नो कार्यकाल लम्ब्याउने सम्भावना निकै कम छ।
५० वर्षीय द्रविड आफ्नो परिवारसँग समय बिताउन चाहन्छन्, भारतीय टोलीको व्यस्त तालिका र बारम्बारको यात्राका कारण पनि उनी थकित छन्। आइपिएल टिममा सामेल हुँदा द्रविडलाई आफ्नो परिवारसँग बस्न पर्याप्त समय दिइनेछ, किनकि प्रतियोगिता केवल दुई महिनामात्र चल्नेछ।
लखनउ सुपर जायन्ट्स पूर्वक्रिकेटर द्रविडलाई बोर्डमा राख्नको लागि उत्सुक छ। त्यसैपनि पूर्वक्रिकेटर गौतम गम्भीर ‘कोलकाता नाइट राइडर्स’मा सरेपछि लखनउ सुपर जायन्ट्समा मेन्टरको पद खाली नै छ।
सन् २००८ को आइपिएल च्याम्पियन ‘राजस्थान रोयल्स’ पनि राहुल द्रविडलाई आफ्नो टीममा समावेश गर्न चाहन्छ। राजस्थानले पनि उनलाई प्रशिक्षक बनाउन चाहेको अधिकारीहरू बताउँछन्।
द्रविड यसअघि आइपिएलमा ‘राजस्थान रोयलस’बाट खेलाडी र प्रशिक्षक दुवै भूमिकामा देखिएका नामी पात्र हुन्। उनको दुई वर्षे प्रशिक्षण करियरमा भारतले कुनै पनि आइसिसी ट्रफी जित्न सकेको छैन तर द्विपक्षीय खेलमा टिमको प्रदर्शन निकै शानदार रह्यो।
भारतले निर्णायक खेल हारेपनि मुख्य प्रशिक्षक द्रविडको चर्चा ‘विश्व क्रिकेट’मा थप चुलिएको छ। भारत अहिले तीनै फर्म्याटमा ‘विश्वको नम्बर-वान’ क्रिकेट टिमको सूचीमा छ।
द्रविड बिसिसिआइको मुख्यालयबाट निस्किँनैलाग्दा भारतीय क्रिकेट टिमका पूर्वब्याट्सम्यान विविएस लक्ष्मण मुख्य प्रशिक्षकका प्रबल दाबेदार मानिन्छन्। उनी अस्ट्रेलियाविरुद्धको टी– २० सिरिजका मुख्य प्रशिक्षक पनि हुन्। तर, बिसिसीआइले तय गरेको नियमअनुसार मुख्य प्रशिक्षकका लागि पुनः आवेदन दिनुपर्नेछ।
स्रोतका अनुसार बोर्डले द्रविडलाई फेरि एकपटक मुख्य प्रशिक्षकका लागि आवेदन दिन अनुरोध गर्न सक्नेछ। यदि नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान गरिएमा लक्ष्मण बलियो दाबेदार हुनेछन् किनभने बिसिसिआइले एनसीएको जिम्मेवारीमा रहेको व्यक्ति र प्रबन्धको ज्ञान भएको व्यक्ति भूमिकाका लागि तयार हुने प्रक्रिया अघि सारेको छ।
पूर्वमुख्य प्रशिक्षक रवि शास्त्रीको कार्यकाल समाप्त भएपछि द्रविडलाई मुख्य प्रशिक्षक बनाइयो, उनी ‘एनसिए प्रवक्ता’ थिए। अहिले लक्ष्मण पनि त्यस्तै भूमिकामा छन्। र, लक्ष्मणसँगै चर्चामा छन्- अनिल कुंकले, वीरेन्द्र सहवाग, जहिर खान, महिन्द्रसिंह धोनी र आशिष नेहरा।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया