बिएल संवाददाता
धेरैजसाे पुरुषले आफ्नाे अनुहारकाे छालाकाे हेरचाह गर्दैनन्, जस्ताे महिलाले गर्छन्। धेरैले छालाकाे हेरचाहलाई साैन्दर्यतासँग मात्र जाेडेर हेर्ने गर्छन्। साैन्दर्यताकाे लागि छालाकाे स्याहार गर्नुपर्छ भन्ने मान्यता धेरैमा छ। तर, अनुहारकाे छालाकाे स्याहार स्वास्थ्यकाे दृष्टिकाेणले पनि उत्तिकै आवश्यक छ।
महिला हाेस् वा पुरुष जाे-काेहीले पनि अनुहारकाे छालाकाे स्याहार गर्न आवश्यक छ।
कसरी गर्ने?
- हाम्राे अनुहारकाे छालामा रातारात एक प्रकारकाे तेल आउने गर्छ। जसले हाम्राे अनुहारमा संक्रमण हुन सक्छ। त्यसैले पुरुष हाेस् वा महिला दुवैले बिहान उठेर हातमुख धुनु धेरै आवश्यक छ।
- घरबाहिर हिँड्दा घाम वा फाेहाेरका कणहरुले छालाकाे छिद्राहरु बन्द हुन्छन्। त्यसैले बाहिरबाट घर फर्किएपछि राम्राेसँग मुख धुनुहाेस्।
- घरबाहिर निस्कँदा सूर्यको हानिकारक किरणहरुबाट जोगिन सनस्किन प्रयोग गर्नुहोस्। सनस्किनले सूर्यको किरणबाट छालामा हुने क्षतिलाई कम गर्छ। सनस्किनको प्रयोगले तपाईंको अनुहारमा भएको कालो दाक र बूढेसकालको असरबाट बच्न मद्दत गर्छ।
- तपाईं बाहिर गर्मीमा हुनुहुन्छ र धेरै पसिना आएकाे छ भने फेसवाइपको प्रयोग गर्न सक्नुहुन्छ। आफनो झोलामा सधैं फेसवाइफ राख्नुहोस्। यसले तपाईंको अनुहारलाई फोहोर हटाउनुका साथै तपाईंलाई छिटै ताजा महसुस गराउने काम गर्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया