‘२०२३’ का चर्चित स्टारः पहिलो शाहरुख, दोस्रोमा आलिया

इन्टरनेट डाटा बेस (आइएमडिबी) ले टप १० स्थानमा रहेका चर्चित बलिउड कलाकारको नाम सार्वजनिक गरेको छ। 

आइएमडिबीको टप १० सूचीमा परेका चर्चित बलिउड कलाकार यस प्रकार छन्ः

१) शाहरूख खान

२) आलिया भट्ट

३) दीपिका पादुकोण

४) वामिका गब्बी

५) नयनतारा

६) तमन्ना भाटिया

७) करीना कपूर खान

८) शोभिता धूलिपाला

९)अक्षय कुमार

१०) विजय सेतुपति

 

यो वर्ष अभिनेता शाहरूख खानको दुई फिल्म ‘जवान’ र ‘पठान’ बक्स अफिसमा हिट भए। उनी यस सूचीको पहिलो नम्बरमा छन्।

आलिया भट्टको यो वर्ष फिल्म ‘रकी और रानीकी प्रेमकहानी’ रिलिज भएको थियो। फिल्ममा उनले महिला सशक्तिकरणको भूमिका निर्वाह गरेकी थिइन्। उनी यस सूचीको २ नम्बरमा रहेकी छन्। 

यस्तै दीपिका पादुकोण नम्बर ३ मा छिन्। दिपिकाले ‘पठान’ फिल्ममा शाहरूखसँगै काम गरेकी थिइन्। अभिनेत्री नयनतारा नम्बर ५ मा छिन्। उनी बलिउड फिल्म ‘जवान’ मा देखिएकी थिइन्।

अभिनेत्री तमन्ना भाटिया नम्बर ६ मा छिन्। उनी विभिन्न क्षेत्रको भाषामा काम गरिसकेकी छन्।

यस्तै अभिनेत्री करीना कपूर खान भने नम्बर ७ मा रहेकी छन्। यसैगरी अभिनेता विजय सेतुपति नम्बर १० मा छन्। उनको पहिलो बलिउड फिल्म ‘जवान’ हो।

प्रकाशित मिति: : 2023-11-26 20:48:00

प्रतिकृया दिनुहोस्