पूर्वप्रेमी सुशान्तलाई सम्झिएर भावुक हुन्छिन् अंकिता लोखण्डे

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

भारतीय अभिनेता सलमान खानको रियालिटी शो बिग बोस–१७ की चर्चित प्रतियोगी हुन्, अंकिता लोखण्डे।

सिरियलबाट चर्चा कमाएकी उनी शोमा आफ्नो श्रीमान विक्की जैनसँग आएकी छिन्। त्यसैकारण उनीहरूमाथि दर्शकले नजर लगाइरहेका छन्। 

भलै, उनी आफ्नो श्रीमानसँग शोमा आएकी छिन् तर पनि उनी बेलाबखत सुशान्त राजपूतलाई सम्झिरहन्छिन्। कयौं पटक उनी सुशान्तलाई स्मरण गरेर भावुक हुने गर्छिन्। 

उनले शोको क्रममा मुन्नावर फारुकीसँग सुसान्तको जिकिर गरेकी थिइन्। उनले फारुकीलाई भनेकी थिइन् कि उनी सुशान्तको अन्तिकम बिदाईमा जान चाहदिन थिइन्। तर उनलाई विक्कीले नै पठाएका थिए। 

उनको अनुसार सुशान्तलाई अन्तिम पटक देख्नु उनको हृदयविदारक क्षण थियो। बेलाबखत सुशान्तको कुरा निकालेर भावुक हुने उनी आफ्नो श्रीमानसँग भने लडाई गरिरहेको देखिन्छिन्। 

कहिले उनी विक्कीलाई गाली गरिरहेकी हुन्छिन् त कहिले चप्पलले कुटिरहेकी हुन्छिन् तर पनि उनीहरूको क्यामेस्ट्रीलाई देखेर दर्शकहरू खुसी छन्। 

प्रकाशित मिति: : 2023-11-22 11:05:00

प्रतिकृया दिनुहोस्