राष्ट्रपति पाैडेलले गरे गुहेश्वरीमा छठ पूजा (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

राष्ट्रपति रामचन्द्र पाैडेलले गुहेश्वरीमा पुगेर छठ पूजा गरेका छन्।

छठपर्वकाे अवसरमा राष्ट्रपति पाैडेलले आइतबार गुहेश्वरी पुगेर पूजा गरेका हुन्। उनी पूजा गरेर फर्किसकेका छन्।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि छठ पूजाका लागि गुहेश्वरी पुगेका छन्।

अहिले गुहेश्वरीमा छठ मनाउन भक्तालुहरूकाे घइँचाे छ। आज जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइँदैछ।  

प्रकाशित मिति: : 2023-11-19 16:38:00

प्रतिकृया दिनुहोस्