बिएल संवाददाता
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ। प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा. लम्साललाई अर्पण गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर सो पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गर्ने गरेको छ। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि रु २५ हजार रहेको छ। संस्थाको नियमित बैठकमा यस वर्ष प्रदान गरिने पुरस्कार र पुरष्कृत स्रष्टाको नाम पुरस्कार छनोट समितिले संस्थालाई उपलब्ध गराएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।
त्यसैगरी गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ)लाई प्रदान गर्ने निर्णय गरिएको छ। उक्त पुरस्कारको राशि रु १० हजार छ। गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ)लाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशि रु पाँच हजार छ।
मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो। पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार डा.रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया