टोपेन्द्र रोका मगर
१५३ जनाको मृत्यु भएको ‘जाजरकोट भूकम्प’को पराकम्पले पश्चिम नेपाल हल्लाउन छाडेको छैन। शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दू भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पको शक्तिशाली पराकम्पले हल्लाइरहेकाे छ।
भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटमा गएको भूकम्पकाे पाँच दिन (मंगलबार)सम्म ४ सय पटक बढी पराकम्प गइसकेको छ। सोमबार साँझ ५.८ म्याग्नेच्युडको पराकम्प जाँदा भागाभागसमेत भयो।
यो पराकम्प कहिलेसम्म गइरहन्छ र कति ठूलो जान्छ भन्ने पूर्वानुमान गर्न कठिन छ। खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला पराकम्प कति लामोसम्म हुने भन्ने तथ्य नरहेको बताउँछन्।
नेपालमा महाभूकम्पकाे सम्भावना छ। महाभूकम्प ८ रेक्टरस्केल माथिको हुनेछ। अहिले पृथ्वीको सतहमा ८ रेक्टरस्केलको भूकम्प जान सक्ने शक्ति सञ्चय भएको भूकम्पविद् कोइरालाले बताए।
भूकम्पकाे शक्ति ५ सय वर्षदेखि सञ्चित छ । जसले गर्दा नेपाल जहिल्यै जाेखिममा छ। भूकम्पकाे शक्ति तत्कालै विस्फोट हुन सक्न वा त्याे विस्फोट हुन अझै वर्षाैं पनि लाग्नसक्ने कोइरालाको भनाइ छ।
‘नेपालको हिमालयन क्षेत्रको २० किलोमिटर तल इन्डियन र तिब्बतीयन दुई प्लेट जुधेका छन्। यी दुई प्लेट जुधेको ठाउँमा जतिबेला पनि भूकम्प जान सक्छ। वा ५ सय वर्षसम्म नगएकाे भूकम्प अझै वर्षाैंसम्म नजान सक्छ,’ काेइरालाले भने।
कोइरालकाअनुसार यी दुई प्लेट जाडिएको क्षेत्रमा ८ रेक्टर स्कलेसम्मको भूकम्प जाने शक्ति सञ्चय भएको छ। यो शक्ति बाहिर निस्किनका लागि ठाउँ खोजिरहेको छ। जुन बाहिर निस्किएमा गोर्खादेखि पश्चिमतिर ठूलो क्षति हुने उनले बताए।
भूकम्पविद् काेइरालासँग बिएलकर्मी टाेपेन्द्र राेका मगरले गरेकाे कुराकानी भिडियामा हेर्नाेस्—
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया