विश्वकप छनाेट: आज मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

file photo : can
file photo : can

काठमाडाैँमा जारी आइसीसी टि- २० विश्वकपकाे एसिया छनाेट अन्तर्गतकाे दाेस्राे खेलमा नेपाल आज (मंगलबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ : १५ बजेबाट सुरु हुँदैछ।

नेपालले यसअघि पहिलाे खेलमा साेमबार सिंगापुरलाई पराजित गरेकाे थियाे। नेपाल आज पनि विजयी भएमा एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ।

मलेसिया भने आफ्नाे पहिलाे खेलमा साेमबार ओमनसँग पराजित भएकाे थियाे। सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न उसले याे खेल जित्नुपर्ने हुन्छ।

छनाेट प्रतियाेगितामा नेपालसहित एसियाका ८ देश सहभागी छन्।

समूह ए मा रहेकाे नेपाल २ अंकसहित शीर्षस्थानमा छ भने मलेसिया अंकविहीन हुँदै तेस्राे स्थानमा रहेकाे छ।

नेपाल र मलेसियाबीचकाे खेल सुरु हुनुअघि त्रिवि क्रिकेट मैदान बिहान ९ बजे ओमन र सिंगापुर भिड्दै छन्।

त्यस्तै समूह्र बि का खेलहरु भने मूलपानी क्रिकेट रंगशालामा हुँदैछन्। जहाँ पहिलाे खेलमा बिहान ९ बजे बहराइन र हङकङ-चाइना तथा दिउँसाे १ : १५ बजे कुवेत र युएइ प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित मिति: : 2023-10-31 06:10:00

प्रतिकृया दिनुहोस्