इजरायलमा मारिएका तीन जना विद्यार्थीकाे शव नेपाल ल्याइयाे (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

प्यालेस्टिनी विद्राेही समूह हमासकाे आक्रमणबाट इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव नेपाल ल्याइएकाे छ। युद्धमा परेर मरेका दशमध्ये तीन जनाकाे शव आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएकाे हाे।

तीनै जनाकाे शव छुट्टाछुट्टै विमानमार्फत ल्याएकाे बताइएकाे छ। शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ।

आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो। यसअघि गएराति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो।

कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिए।
उनका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ। 

मृत्यु भएकाे थप एक जनाकाे शव आजै नेपाल ल्याइने र बाँकी छ जना विद्यार्थीकाे शव पनि छिट्टै ल्याइने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

इजरायल–हमास युद्धमा परेका थप एक जना सम्पर्कविहीन छ भने अप्ठ्याराेमा परेका अन्य विद्यार्थीलाई सरकारले पहिले नै उद्दार गरी नेपाल ल्याएकाे थियाे।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-10-22 09:28:00

प्रतिकृया दिनुहोस्