नीलम कोठारी: जसका लागि गाेविन्दले इन्गेजमेन्ट ताेडे (तस्बिरहरू)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडकी चर्चित अभिनेत्री तथा गहना डिजाइनर नीलम कोठारीलाई नचिन्ने सायदै हाेलान्।

८०–९० को दशकमा नीलमले थुप्रै उत्कृष्ट फिल्ममा काम गरिन् र लाखौं फ्यानको मनमा बस्न सफल भइन्।  

सन् १९८४ मा रिलिज भएको फिल्म 'जवानी'मा सनमको भूमिकामा देखिएकी बलिउड अभिनेत्री नीलम कोठारीले सानै उमेरमा टिभी फिल्म उद्योगमा पाइला टेकेकी थिइन्। 

सन् १९८९ मा उनको हिट फिल्म 'घर का चिराग' थियो, जसमा उनी चंकी पाण्डेसँग रोमान्स गरेकाे देखिइन्। यसबाहेक नीलमले अग्निपथ, सिन्दूर, मर्डर, अफसाना, हम साथ साथ हैं, दूध का कर्ज जस्ता सयौं फिल्ममा अभिनय गरिसकेकी छिन्।

कलकारिता क्षेत्रमा आफूलाई चिनाउन सफल उनको कयौं अभिनेताहरूसँग नाम पनि जोडियो। जसमध्ये एक थिए, गाेविन्दा। नीलमसँग विवाह गर्न आफ्नो इन्गेजमेन्ट समेत तोडेका थिए, तर पनि उनीहरूकाे विवाह हुन सकेन। 

गाेविन्दासँग सम्बन्ध टुटेपछि उनले सन् २००० मा ऋषि सेठियासँग विवाह गरिन्। यद्यपि, उनको विवाह लामो समय टिक्न सकेन, त्यसपछि उनले सन् २०११ मा टिभी अभिनेता समीर सोनीसँग विवाह गरिन्। जसबाट उनको एक छोरी पनि छिन्। 

कुनैबेला बलिउडकी 'टप' हिराेइनकाे नाममा सामेल हुने उनी पाँच दशक कटिसकेकी छिन्। तर पनि अझै जवान देखिन्छिन्। 

प्रकाशित मिति: : 2023-10-21 21:10:00

प्रतिकृया दिनुहोस्