दसैंमा चट्ट चटपटे र पानीपुरी...!

नेपालीहरूको महान चार्ड दसैं सुरु भइसकेको छ। यसपालिको दसैं सुरुभएसँगै नेपालीहरूको भान्सामा  मासुहरू पाक्न थालिसकेको छ। दसैं अर्थात् मासुको पर्व। दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन्।

 यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ। सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ। 

विशेषत फूलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ। तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन। बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ। 

बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ। मासु आफैँमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ। 

मानिसहरू मासु खाएर न्याक्क नै हुन्छन्। त्यसैले दसैंको बेला चट्ट अमिलो पिरो चटपटे र पानीपुरी खानुपर्ने माया तामाङको भनाइ छ। 

७ वर्षदेखि चटपटेको व्यापार गर्दैआइरहेकी उनी भन्छिन्, ‘दसैं सबैको घरमा मासु पाक्छु। मासु खाएर मानिसहरू दिक्क हुन्छन्, त्यसैले जिब्रोको स्वाद फर्काउनका लागि पानीपुरी र चटपटे खानुपर्छ भन्ने मेरो धारणा छ।’ 

मासु धेरै खाएर जिब्रो स्वादै फेरिने उनको भनाइ छ। ‘धेरै मासु खाँदा जिब्रो नै लीठ्ठनछ, त्यसैले अमिलो र परिो खानुपर्छ’, उनले बताइन्। 

कसरी सुरु भयो पानीपुरी?

पानीपुरी अहिलेको चर्चित खानेकुरामध्येको एक हो। अमिलो र पिरोको स्वादले चिनिने यसलाई भारतमा गोलगप्पे र पानीपुरी पनि भनिने गरिन्छ।

गोलागप्पा उर्दू शब्द हो। यसको अर्थ हो गोलो पुरी जस्तै चिजमा आलुको चटपटे मिसाइएको। पानीपुरीको गोलाकार पुरी मुखमा एकै गाँसमा खान सकिन्छ।

यही कारण यसलाई गोलगप्पा भनिएको हो। अंग्रेजी शब्दकोशमा गोलगप्पेको अर्थ ‘पानीले भरिएको इन्डियन ब्रेड’ भनिएको छ। यसको शाब्दिक अर्थ हो, पानीको रोटी। सन् १९९५ मा यस परिकारलाई गोलगप्पा नाम दिइएको हो। 

प्रकाशित मिति: : 2023-10-24 18:16:00

प्रतिकृया दिनुहोस्