कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) विश्वासकाे मत लिँदैछन्। दिउँसाे १ बजे बस्ने प्रदेशसभाकाे बैठकमार्फत् मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ।

नेपाली काँग्रेसकाे शेखर काेइराला पक्षका उनी संविधानकाे धारा १६८ काे उपधार ५ बमाेजिम काँग्रेसका ८ र नेकपा (एमाले)का ३९ जना सांसदकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनलाई एमाले, काँग्रेस नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीले विश्वासकाे मत दिने निर्णय गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)ले भने विश्वासकाे मत दिने/नदिने भन्ने बारे निर्णय गरेका छैनन्।

एमालेबाट एक र काँग्रेसबाट एक जना मन्त्रीसहित मन्त्रिमण्डल बिस्तार गरेका कार्कीले विश्वासकाे मत लिएपछि मात्र मन्त्रिमरिषद्लाई पूर्णता दिने बताएका छन्।

प्रकाशित मिति: : 2023-10-18 07:18:00

प्रतिकृया दिनुहोस्