सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विगतका सरकारको आर्थिक दायित्व अहिलेको सरकारले बहन गर्नुपर्ने अवस्था रहेको बताउँदै विगतकाे दायित्व वर्तमान सरकारमा थपिएको उल्लेख गरेकी छन्।
बिजौरी उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले अघिल्लो वर्षको आर्थिक दायित्वको भारले वर्तमान सरकार थिचिएको गुनासो गरेकी छन्।
उनले भनिन्, ‘पहिलेका सरकारले गरेका सबै कामको भुक्तानी गर्ने हो भने अहिलेको सरकारले एक रुपैयाँ पनि बजेट ल्याउन सक्ने अवस्था थिएन।’ अस्थिर सरकारले गर्दा विगतका सरकारले अर्बौं दायित्व थोपारेकाे बताएकी छन्।
एक पृथक प्रसङ्गमा मन्त्री शर्माले जनप्रतिनिधि भएपछि सबै नेपालीको साझा व्यक्ति हुनुपर्ने विचार व्यक्त गरिन्।