कोशी प्रदेश: नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। उनले शनिबार साँझ संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन्।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका हुन्।

उनले आगामी असोज २६ गते अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2023-10-07 20:16:00

प्रतिकृया दिनुहोस्