शहनाज गिलको बदलिएको अन्दाज (फोटोफिचर)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

‘बिग बोस–१३’ कि चर्चित पात्र थिइन्, शहनाज गिल। चुलबुले अन्दाज र सोझोपनाको कारण उनी करोडौं दर्शकको मनमा बस्न सफल भइन्। भलै, उनले त्यो सिजन जित्न सकिनन् तर उनले चर्चा बटुलिन्। र दर्शकहरूको मन जितिन्।

उनी आफूलाई ‘पन्जाबकी कैटरीना’ बताउँथिन्। यहीँ शब्दको कारण उनी भाइरल भएकी थिइन्। बिग बोसको घर आउनअघि गुमनाम थिइन्, शहनाज। तर रियालिटी शोदेखि उनी चर्चित हुन थालिन्।

बिग बोस छोडेर उनले बलिउड फिल्ममा पनि आफ्नो डेब्यू गरिसकेकी छिन्। तर अहिले कुनैबेला सोझी र सिम्पल शहनाज अहिले ट्रोलको सिकार हुन थालेकी छिन्। उनले बोलेको शब्द र कपडाको कारण उनी ट्रोल भइरहन्छिन्।

उनले लगाएको छोटो र बोल्ड अवतार देखेर सबैजना दंग छन्। तर उनी आफ्नो कपडालाई लिएर कमेन्ट गर्नेहरूलाई भन्ने गर्छिन्, ‘मलाई कसैको मतलब छैन।’ कुनैबेला शहनाजको फ्यान भएकाहरूले अहिले उनको अगेन्स्ट भएका छन्। शहनाजको बदलिएको अन्दाज देखेर उनका फ्यान्सहरू नै रिसाएका छन्। 

प्रकाशित मिति: : 2023-10-08 18:15:00

प्रतिकृया दिनुहोस्