सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको जिम्मेवारी अदालत सुरक्षाअनुसार हुने भएको छ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश तथा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले अदालतकाे सुरक्षासरह अधिकार हुने बताए।
‘राज्यको स्रोत साम्राग्रीलाई मनन गरेर त्योभन्दा माथिको अधिकार हामीलाई दिएको छ। अधिकार नै अदालत सुरक्षा अधिकार अनुसारको छ’, उनले भने।
आचार्यका अनुसार कार्ययोजना निर्माणका क्रममा आयोगलाई पैठारीबारे अध्ययन गर्ने भनेको तर निकासीबारे नबोलेकाले अध्ययन सीमा के हुने भनेर भन्ने समेत खुल्ला रुपमा अनुसन्धान गर्ने चुनौती रहेको बताए।
उनले भने, ‘अहिलेसम्म भएका अनुसन्धान, विचाराधीन मुद्दा र सीआइबीले अनुसन्धान गरिरहेको विषयमा मुद्दामा पनि कमजोरी छ भने खोज भनेको छ। यो अर्को चुनौती हो।’
आयोगलाई अदालतसरह अधिकार रहेकाले सुन तस्करीको छानबिनमा जो सुकैलाई बोलाएको पनि उपस्थित हुनुपर्ने उनकाे दाबी गरे। नभए पक्राउ पूर्जी जारी गर्नसक्ने अधिकार रहेको उनले बताए।
‘बोलाउँदा एक फोनमै आउनुपर्छ। यदि नआए पक्राउ गर्नेसम्म दिएको अधिकार छ,’ आचार्यले भने।
आयोगको बुधबार बसेको पहिलो बैठकले आफ्नो कार्यादेशबारे सबैलाई जानकारी गराउने र कात्तिक १६ गतेसम्म सुझाव लिनेसमेत निर्णय भएको आचार्यले बताएका थिए।