विश्व रेकर्ड बनाउन सफल भएकाेमा एकदम खुसी छु- दीपेन्द्रसिंह ऐरी

चीनमा एसियन खेलकुद (एसियाड) खेलेर फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टाेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी बनाउन सफल भएकाेमा खुसी व्यक्त गरे।

बिहीबार चीनबाट नेपाल फर्किएका दीपेन्द्रले काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट समर्थक र खेलाडीहरुसँग खुसी व्यक्त गरे। ‘लगातार ६ वटा छक्का हानेपछि साेचेँ अब त वर्ल्ड रेकर्ड बनाउन सकिन्छ कि भनेर, त्यसपछि गर्दै गएँ, अनि पुग्याे’, दीपेन्द्रले भने, ‘एकदम खुसी लागिरहेकाेछ।’

दीपेन्द्रले एसियाडमा मंगाेलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गरेका थिए। जुन टि- २० मा अहिलेसम्मकै सबैभन्दा छिटाे अर्धशतक हाे।

उनले आफ्नाे कीर्तिमानीबाट आफू र आफ्नाे टाेली हर्षित रहेकाे उल्लेख गरे।

भिडियाे:

प्रकाशित मिति: : 2023-10-05 14:28:00

प्रतिकृया दिनुहोस्