केएमसीका चिकित्सकहरू सेवा बन्द गरेर सडकमा (तस्बिरहरू)

मिनु गोले

काठमाडौं

डाक्टरमाथि हातपात भएकाे विराेधमा सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजका कर्मचारीहरू आन्दोलित भएका छन्।

आइतबार ड्युटीमा रहेका डा. मनिष खड्कामाथि हातपात भएपछि केएमसीमा कार्यरत चिकित्सकहरूले दाेस्राे दिन आन्दोलन जारी राखेका हुन्।

उनीहरूले अस्पतालको सेवा बन्द गरेर प्रदर्शन गरिरहेका छन्।

अहिले अस्पताल क्षेत्रमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।   

प्रकाशित मिति: : 2023-10-02 13:31:00

प्रतिकृया दिनुहोस्