काठमाडौं महानगर र ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

बागदरबारअघि आन्दोलनरत ई:सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ। 

अभियन्ता ईःकाे वार्ता टाेली र महानगर प्रतिनिधिबीच मंगलबार चलेको वार्ता निष्कर्षविहीन भएको ई: समर्थकहरूले जनाएका छन्।

वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर र अभियन्ता ईःकाे समूहबाट गोविन्द नारायण थिए।

पहिलो चरणमा दुबै पक्षबीच चारबुँदे सहमति भएको थियाे। तर मेयर बालेन शाह चाैथाे बुँदाबाट पछि हटेपछि चलिरहेको वार्ता भाँडिएकाे छ।

काे हुन् ई:, के हुन् ई:

‘गाई त बाँध्ने ढुङ्ग्रोमा मोही छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ यो गीतको श्लोगन निर्वाचनको समयमा मेयर उम्मेदवार बालेन्द्र साह (बालेन)को चुनावी नारा थियो। बालेनको भिजनलाई स्थानीयले पनि मन पराए। भोट दिएर काठमाडौँ महानगरपालिकाको मेयर बनाए।

२०७९ जेठ १६ मा कार्यभार सम्हाल्दै भनेका थिए, ‘फुटपाथ व्यवसायीहरूको वैकल्पिक व्यवस्थापनसहित व्यवस्थापन गरिने छ।’

बालेनले वैकल्पिक व्यवस्थापनसहित सडक व्यापारीहरुको व्यवस्थापन गरिने बताका थिए तर उनको त्यो बोली फुटपाथ व्यापारीका लागि अभिसाप बन्याे। किनकी बालेनले मेयरमा विजयी भएसँगै गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र सडक व्यापारलाई फुटपाथबाट हटाउन आग्रह गरे।

त्यो आग्रहले फुटपाथ व्यवसायी त्रसित भए। किनभने बालेनले ती व्यापारीहरुलाई अर्को कुनै विकल्प दिएका थिएनन्। अर्को विकल्प नदिएपछि व्यापारीहरु भने आफूहरुलाई उचित स्थान नपाएको भन्दै बालेनका आग्रहमा अटेर गरिरहे।

केही दिन त बालेन मौन नै रहे। तर, सडक व्यापारीहरुले महानगरको आज्ञा पालना नगरेको भन्दै नगर प्रहरी पठाएर फुटपाथ व्यवसायीहरुको सामान जफत गर्न थाले।

बालेनले कहिले सहरलाई व्यवस्थापन गर्न पार्किङ बनाउने भन्दै अण्डरग्राउण्ड पार्किङका लागि नक्सा पास गराएर त कहिले अवैध रुपमा सरकारी जग्गाको दुरुपयोग गरेको विषयलाई लिएर तत्कालै फिल्डमै डोजर लिएर एक्सनमा उत्रिए।

उनीहरुले एक वर्षसम्म त केही व्यवस्था होला भन्दै बाटो हेरिरहे। तर, एक वर्षसमम पनि सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थापन नभएपछि असार २७ गते पनि महानगरको बागदरबारस्थित कार्यालयअघि भेला भएर ‘इनफ इज इनफ’ भन्दै स्थानीयले विरोध गरे।

तर, महानगरले फुटपाथ व्यवसायीहरुका लागि कुनै कदम चालेन।

महानगरको यसै कार्यशैलीविरुद्ध काठमाडौँको सभागृहअघि पम्प्लेट बोकेर उभिरहेका छन्– २८ वर्षीय ई: (नाम नै उनको ई: हो)।

प्रकाशित मिति: : 2023-09-26 21:49:00

प्रतिकृया दिनुहोस्