शिक्षक आन्दोलनमा देखिएका फरक दृश्य (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज पनि आन्दोलन जारी राखेका छन्।

विभिन्न १७ बुँदे माग राखेर नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन सुरू गरेकाे हाे।

यसअघि बुधबार र बिहीबार शिक्षकहरूकाे आन्दोलनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त नै भयाे। तर आज भने उनीहरु हिजोअस्तिभन्दा केही फरक रुपमा प्रस्तुत भएका छन्। नाराबाजी गर्दै बानेश्वर आएका शिक्षकहरू शान्तिपूर्ण धर्नामा बस्ने बनेर माइतीघर फर्किए।

आन्दोलनलाई फरकस्वरूप बनाएर उनीहरू नाचगानमा प्रस्तुत भए। काेही शिक्षकहरू नाचगान गरिरहँदा काेही आराम गरिरहे, काेही खाजापान व्यस्त रहे।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षकहरूले आन्दोलन गरेका हुन्।

प्रकाशित मिति: : 2023-09-22 15:29:00

प्रतिकृया दिनुहोस्