साफ यू- १९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

File Photo
File Photo

बिहीबारदेखि घरेलु मैदानमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य रहेको छ।

उद्घाटन खेलमा भारत र बंगलादेश तथा नेपाल र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताअन्तर्गत पहिलो खेल दिउँसो १:३० बजे भारत र बंगलादेश र बेलुका ५:३० बजे नेपाल र पाकिस्तान भिडने छन्।

खेलअघि प्रिम्याच कन्फरेन्समा नेपालका प्रशिक्षक सुनिल श्रेष्ठलले यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको बताए। उनले भने, 'पहिला हामी समूह पार गरेर सेमिफाइनलमा जाने र सेमिफाइनलपछि फाइनलमा पुग्ने गरी खेल्छौँ, त्यसपछि हाम्रो लक्ष्य उपाधि हासिल गर्नु हो।'

सन् २०१५ मा नेपालले आयोजना गरेको यू-१९ साफ च्याम्पियनसिपमा सुनिल सहायक प्रशिक्षक थिए। उनले जोडे, 'घरेलु मैदानमा हुँदा खेलाडीहरुको मनोबल बढ्छ, यही कारणले पनि उपाधि जित्न सक्ने सम्भावना छ', उनले भने।

यस्तै नेपालका कप्तान जियारथ शेखले तयारी राम्रो भएको बताए। उनले भने, 'छोटो समयमा पनि हामीले राम्रो तयारी गरेका छौँ, आशा छ भोलि हामी राम्रो नतिजा ल्यानेछौँ।'

६ राष्ट्रको सहभागीता रहेको सो प्रतियोगितमा नेपाल, पाकिस्तान र माल्दिभ्स समूह 'ए' मा छन् भने समूह 'बी' मा भारत र बंगलादेश रहेकमा छन्।

नेपाल दुई पटकको साफ यू-१९ विजेतासमेत हो।

प्रकाशित मिति: : 2023-09-20 14:53:00

प्रतिकृया दिनुहोस्