साफ यू-१९ च्याम्पियनसिप २०२३ को तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मगंलबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको छ। बिहिबारदेखि सुरु हुने साफ च्याम्पियनसिप प्रतियोगित असोज ४ देखि १३ गतेसम्म दशरथ रगंशालमा हुनेछ।
आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन्। साफ च्याम्पियनसिप खेल्नेको लागि भुटान भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ। प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ भने प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ र१०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ।