तस्करले भारत लैजाँदै गरेका गाईगोरुको उद्धार 

तस्करले झापाबाट भारततर्फ लैजाँदै गरेको गाईगोरुको उद्धार गरिएको छ। दमक नगरपालिकाको पशुहाटबाट झापा गाँउपालिका हुँदै भारततर्फ लगिदै गरिएको गाईगोरु ॐकार सेना नेपालले नियन्त्रणमा लिएको हो। 

ती गाईगोरुलाई शताक्षीधाम गौशालामा लगिएको छ। मे १ च ५६९३ नम्बरको गाडीमा पाँच वटा गाई र २ वटा गोरुलाई कष्ठपूर्ण तरिकाले भारततर्फ लगिदै गरिएको थियो। 

गाडी धनी हाविल अलीलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिएको शताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजले जानकारी दिए। 

पछिल्लो समयमा कोशी प्रदेशका विभिन्न भागहरुमा गोरु काटेर खाएको भन्दै त्यसको समर्थन र विरोध भइरहेको छ। 

यस अगाडि पनि ॐकार सेना नेपालले विज्ञप्ति जारी गर्दै गाईगोरु तस्करी गर्नेलाई कारबाही गर्ने बताएको थियो। 

प्रकाशित मिति: : 2023-09-13 20:34:00

प्रतिकृया दिनुहोस्