गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक (भिडियाेसहित)

गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ। उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो। 

गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर भरेकी छन्। गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ।

आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो। महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताएका छन्। नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उनको भनाइँ छ। विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताएका छन्।

दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए। लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो। सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ।

प्रकाशित मिति: : 2023-09-10 07:21:00

प्रतिकृया दिनुहोस्