पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ। २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो।
श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो। आशिफ खेलको २९ दशमलव ५ ओभरमा आउट भएका हुन्। उनले ९७ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाए।
नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो। कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए।