सरकारलाई बालेनको धम्की– सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय सरकारलाई आपत्तिजनक धम्की दिएका छन्।

शनिबार राति फेसबुकमा स्टाटस लेख्दै उनले सिंहदरबारमा आगो लगाउने आपत्तिजनक धम्की दिएका हुन्। मेयर बालेनले के कारणले सिंहदरबारमा आगो लगाउने भन्ने खुलाएका छैनन्। 

तर महानगरको गाडी नरक्ने उनले केन्द्र सरकारालाई चेतावनी दिएका छन्। ‘आजको लागि केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु,’ उनले स्टाटस लेखेका छन्। 

साथै बालेनले केन्द्रीय सरकारलाई चोर सरकार भनेका छन्। 

उनको अभिव्यक्तिलाई राजनीतिक विश्लेषक मुमाराम खनाल भने अराजक, अराजनीतिक र असभ्य भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘मेयर बालेन्द्र शाहको अभिव्यक्ति अराजक, अराजनीतिक र असभ्य त हुँदै हो। तर एउटा मेयरले ‘संघिय चोर सरकारलाई आगो लगाईदिने’ अभिव्यक्ति दिन कसरी संभव भयो?’

खनालले बालेनले भनेको चोर सरकारप्रति भने आफ्नो मत मिलेको पनि भनेका छन्।

प्रकाशित मिति: : 2023-09-02 21:59:00

प्रतिकृया दिनुहोस्