गलत समाचार लेखेको भन्दै समीक्षा पुगिन् प्रहरीमा

गायिका समीक्षा अधिकारीले आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै ‘ग्लोबल नागरिक’लगायत केही फेसबुक पेजविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर उनले निवेदन दिएकी हुन्। ग्लोबल नागरिकलगायतले गायिका अधिकारीको अस्ट्रेलियाको भिसा ‘ब्ल्याक लिस्ट’मा भन्दै समाचार प्रकाशित गरेका थिए।

यस समाचारले आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आएको भन्दै उनी कास्की प्रहरीमा उजुरी दिएकी हुन्।

प्रकाशित मिति: : 2023-08-28 12:11:00

प्रतिकृया दिनुहोस्