४० केजी तौल घटाएकी साराको फिटनेश टिप्सः डाइट गर्नुहाेस्

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडकी फिटनेश अभिनेत्रीमध्येकी एक हुन्, सारा अलि खान। कुनैबेला ९६ तौल भएकी उनी अहिले आफ्नो आकर्षक शरीरको कारण चर्चामा आइरहन्छिन्। उनी आफ्नो शरीरलाई फिट राख्नका धेरै मेहनत गर्छिन्। उनको फिट शरीर र चम्किलो अनुहार देखेर लोभिएका ‘फ्यान्स’हरु अक्सर उनको प्रंशसा गरिरहेका हुन्छन्। कुनैबेला आफ्नो भद्दा शरीरको कारण आलोचनाको शिकार भएकी उनी अहिले त्यही शरीरको कारण चर्चा बटुलिरहेकी छिन्। उन अभिनेत्रीको फिटनेश टिप्स–

सारा अलि खानको डाइट प्लान

उनले एक इन्टरव्यूमा आफ्नो डाइटको बारेमा बताएकी थिइन्। अक्सर आफ्नो डाइटबारे सेयर गर्दै आइरहेकी साराले आफ्नो डाइटमा ध्यान राख्ने पनि बताएकी थिइन्। बिहान उठ्ने बित्तिकै उनी हल्दी पानी पिउँछिन्। उनी चिकेन र अण्डा खाजा खान मन पराउँछिन्। उनी सधैं वर्कआउट गर्छिन् र प्रोटीन चिजहरू खाने गर्छिन्। सारा भोक्कै बसेर तौल घट्छ भन्ने कुरा विश्वाास गर्दिनन्। त्यसको सट्टामा उनी आफ्नो शरीरको अनुसार डाइट गर्न सुझाव दिन्छिन्। 

सारा अली खानको वर्कआउट प्लान

उनको अनुसार हेल्दी बन्नका लागि बिहान उठेर वर्कआउट गर्न जरुरी छ। उनी पिलाटे्स एक्सरसाइज र कार्डियोलाई आफ्नो फिटनेश सीक्रेट बताउँछिन्।  त्योसँग उनी स्ट्रेन्थ ट्रेनिंग र रनिंगलाई पनि ध्यान दिन्छिन्। यदी तौल द्दटाउनु छ भने त्यो काम गर्नुपर्छ। त्योसँग उनी डान्स पन िगर्छिन्। त्यसैले उनी सबैलाई आफ्नो अपनाउन आग्रह गर्छिन्।  
 

प्रकाशित मिति: : 2023-09-03 19:10:00

प्रतिकृया दिनुहोस्