नेताहरुले देखाउन सक्लान् भूल सुधार्ने बिपी चरित्र?

देशसञ्चार

काठमाडौँ

मुलुकको राजनीति अनिश्चित दोसाँधमा छ। भ्रष्टहरुको शासन छ। प्रतिपक्षमा भ्रष्टहरु छन्। अर्को पक्षलाई भ्रष्ट देखाएर आफू चोखो देखिने हिजोको विकल्प समेत आज समाप्त भएको छ। सुनकाण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्डको पारदर्शी र निष्पक्ष छानबिन विगत १७ वर्षमा पालैपालो सत्ताको नेतृत्व गरेको नेता र पार्टीको दिन फर्कने सम्भावना नै छैन। छानबिनले दोषी ठहर गरेमा म जुनसुकै सजाय पनि भोग्न तयार छु- यो यी काण्डहरुमा नाम आएका प्राय: हरेक नेताको अभिव्यक्ति हो। तर छानबिनका लागी गम्भीरता नदेखाउने साझा चरित्र पनि उनीहरुले देखाएका छन्।

भुटानी शरणार्थी मामिला होस् या १०० किलो सुन पक्राउको काण्ड, त्यसमा केही गिरफ्तारी हुनेबितिकै सञ्चार र नागरिक समाजका केही अगुवा त्यसैलाई ठूलो सफलता मानेर केही मन्त्रीको पिठ धपधपाउन थाले। कांग्रेसका एक ठूला नेता गृहमन्त्रीलाई बधाई दिन उनको निवास पुगे। गृहमन्त्रीले दोषी कोही नउम्कने घोषणा गरे। प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियान अब नरोकिने वताए। होली वाइनको प्रभावमा रहेको कम्बोडियाको प्रधानमन्त्री हुन सेनको विजय निश्चित मानिएको निर्वाचनको पर्यवेक्षणमा गएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले फर्कनेबितिकै सुन तस्करीको प्रकरणमा सञ्चारमाध्यमले आफ्नो फोटो प्रयोग गरेको आरोपका साथ गृहमन्त्रीतर्फ खनिए। ‘तस्करीमा तपाईँको संलग्नता छ छैन, पुष्टि गर्नु पर्छ,’ उनले भने।यथार्थमा उनको फोटो कहिँ छापिएकै थिएन।

प्रकाशित मिति: : 2023-08-26 07:51:00

प्रतिकृया दिनुहोस्