पहिराेमा बगे ठुलाखेतका घर र गोठ

पोखरा महानगरपालिका– २३ मा गएरातिको वर्षाका कारण पहिरो जाँदा घर र गोठ भत्किएको छ।

ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठसहित पहिरोसँग बगेका छन्।

पहिरोका कारण ठुलाखेतबाट घाटिछिना जाने सडक पनि अवरुद्ध भएको पोखरा महानगरपालिका वडा नं. २३ का वडा सदस्य चेतनाथ क्षेत्रीले जानकारी दिए। अहिले पहिरोमा परेका सामानहरु निकाल्ने र बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ।

त्यसैगरी पोखरा–  २३ हर्पनमा कर्णबहादुर भट्टराईको गोठ पहिराले पुरिएको छ।

प्रकाशित मिति: : 2023-08-17 16:11:00

प्रतिकृया दिनुहोस्