के चटपटे र पानीपुरीले राेग फैलाइरहेकाे छ ? (भिडियाे)

मिनु गोले

काठमाडौं

काठमाडौँ महानगरपालिकाले खुला रुपमा पानीपुरी, चटपटे, दही, दुध बेच्न रोक लगाएको छ। वर्षायाममा खुला रुपमा बिक्री वितरण हुने खानेकुराबाट सरुवा रोगको जोखिम हुने भन्दै महानगरले यी वस्तुहरूकाे बिक्रीमा रोक लगाएको हो।

वर्षायामको समयमा यस्ता खुला रुपमा बेचिने पानीपुरी, चटपेटलगायतका खानेकुराबाट हैजालगायतको रोग फैलन सक्ने भएकाले केही महिनालाई रोक लगाइएको महानगरले जनाएको छ।

तर खुला रुपमा व्यापार गर्दै आएका व्यापारी यसबाट सन्तुष्ट छैनन्। तिनकुनेस्थित पानीपुरी, चटपटे बिक्री गर्दै आएका चन्द्र कार्कीले बिक्री नै गर्न रोक लगाउन नहुने बताए।

‘काठमाडौँ महानगरपालिकाले खुला ठाउँमा बिक्री गरेको रोक गर्नु उचित छ तर, व्यवसायीहरुलाई सरकारले अन्त कुनै स्थानको व्यवस्था पनि मिलाउनुपर्छ। नत्र हामीले के गरेर खाने?’

वीर अस्पतालका डा. रोचन कार्कीले चटपटे, पानीपुरीले भन्दा पनि त्यहाँको वातावरणको अवस्थाले गर्दा रोग संक्रमण हुन सक्ने बताए। ‘चटपटे, पानीपुरीले रोग लाग्ने होइन। तर, व्यापारीले व्यवसाय गर्ने ठाउँमा सरसफाइ कतिको राम्रो छ भन्नेमा रोग संक्रमण हुने हो,’ उनले भने, ‘यो वर्षायामको समयमा प्रदूषित पानीको प्रयोग गर्नेमा झाडापखाला, हैजाजस्ता सरुवा रोगहरु लाग्ने सम्भावना बढी हुन्छ।’

प्रकाशित मिति: : 2023-08-15 13:40:00

प्रतिकृया दिनुहोस्