केन्द्रीय समिति विस्तारप्रति असन्तुष्ट जनाउँदै नेविसंघका विद्यार्थीद्वारा सानेपामा नाराबाजी 

शनि शाक्य

काठमाडौं

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेकाे छ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विधानविपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले सानेपामा नाराबाजी गरेका हुन्।

सभापति देउवाले नेविसंघलाई ७ सय १० सदस्यीय केन्द्रीय बनाएका थिए। जसका लागि आज काँग्रेस केन्द्रीय कार्यालयमा सानेपा घोषणा सभा राखिएको थियाे। उनीहरूले कार्यालयमै पुगेर विरोध जनाएका हुन्। 

 

प्रकाशित मिति: : 2023-08-09 15:35:00

प्रतिकृया दिनुहोस्