सडकमा विद्यार्थी: टियू युनिभर्सिटी जाने कि टियू एयरपोर्ट ? (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको थापाथली इन्जिनियरिङ् क्याम्पसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वमा आन्दोलनमा उत्रिएका उनीहरुले क्याम्पसलाई राजनीति गर्ने थलो नबनाउन माग गरेका छन्।

उनीहरुले थापाथली क्याम्पस बत्तीमुनिको अँध्यारो, शैक्षिक माफिया होसियार, शिक्षामै राजनीति देशको बैइजती, टियू युनिभर्सिटी रोज्ने कि टियू एयरपोर्ट भन्ने लगायतका लेखिएका पम्पप्लेटहरु बोकेका थिए।

क्याम्पस प्राङ्गणबाट सुरु भएको आन्दोलन माइतीघर मण्डलासम्म पुगेको थियो।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-08-04 14:00:00

प्रतिकृया दिनुहोस्