महानगरको डोजर आउनुअघि कर्ताकर्ताले घेरे राप्रपा कार्यालय (तस्बिरहरु) 

शनि शाक्य

काठमाडौं

काठमाडौँ महानगरपालिकाको टोली आउनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताहरुले पार्टी कार्यालय घेरेका छन्।

राप्रपाको धुम्बराहीस्थित पार्टी कार्यालयमाथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) रहेको भन्दै महानगरपालिकाले आज भत्काउने सूचना दिएपछि कार्यकर्ताले कार्यालय घेरेका हुन्।

महानगरले गत असोज १३ गते सूचना जारी गरेर कार्यालय हटाउन भनेको थियो तर राप्रपाले अटेरी गरेपछि महानगरको टोलीले आज (सोमबार) कार्यालय भत्काउने तयारी गरेको बताएको छ।

हाइटेन्स लाइनको तल निर्माण भएका संरचानाहरु सुरक्षाको हिसाबले अतिजोखिमपूर्ण मानिन्छ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-07-31 11:57:00

प्रतिकृया दिनुहोस्