थाइल्यान्डको पटाका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड

दक्षिणी थाइल्याण्डको एउटा पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ।

मलेसियासँग सीमा जाेडिएकाे सुनगाई कोलोकमा स्थानीय समय अनुसार बिहान ९ बजेतिर निर्माण कार्यका क्रममा विस्फोट भएको अनुमान गरिएको छ।

विस्फोटमा परी ११५ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।

विस्फोटपछि बजारमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिइसकेको स्थानीय गभर्नरले बताएका छन्।

प्रकाशित मिति: : 2023-07-29 21:22:00

प्रतिकृया दिनुहोस्