रविन पुन मगर (आइडु)
जताततै हरियाली लिएर आएको छ साउन, हरियो फेसनले सहर पूरै छाएको छ। चउर, पाखा, पखेराहरू हरियाली छन्।
प्लटिङबाट बचेका यहाँका खेतहरूमा धानका बेर्ना हरिया भएका छन्। बचेखुचेका यी खेतबारीमा गाँजिन थालेका धानहरू अब गोड्ने बेला भइसकेको छ। र, रोपाइँ सकेका किसानहरूमा फेरि त्यसैको चटारो छ।
यसपालि वर्षा ढिला भयो तर उपत्यकाभित्र लगभग सबै खेतहरूमा रोपाइँ सकिसकेको छ। मल अभावमा पनि धान हलहल बढेको छ।
रोपाइँ सकिएपछि किसानहरुलाई धान गोड्ने चटारो छ। बर्साती, हँसिया, कुटो-कोदालोसङ्गै किसान खेतमा धान गोड्दैछन्। झार उखेल्दै छन्।
हातगोडा खेतको हिलोले हिलाम्मे छन्, सिङ्गो शरीर पसिनाले निथ्रुक्क। र, पनि धानखेतमा रमाएका यी किसानी मुहारमा उज्यालो मुस्कान छ।
शंखरापुर नगरपालिकाभित्र पर्ने साँखु थली सडकखण्ड आसपासका खेतमा धान गोड्नमा व्यस्त छन्, किसानहरू। टाउकोमा हरिया-राता रङ्गिन गम्छा। हातमा पहेँला-हरिया चुरा, निधारमा रातो टिकी, हँसिया र कुटोसङ्ग खेतमा छन्, महिलाहरू।
‘हाम्रो फोटोमात्रै खिच्ने हैन, हामीले मल नपाएको कुरा पनि सरकारसम्म पुर्याइदिनुस् है पत्रकार सर…’ फोटो खिचिरहेका पत्रकारहरूलाई किसानहरू भनिरहेका हुन्छन्।
फोटो खिच्दा खिच्दै पत्रकारहरू जवाफ दिन्छ- हवस्…!









फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया