बिएल संवाददाता
लापरवाहीपूर्वक बाइक चलाएर आफैं भिडियो बनाउने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कलाई ट्राफिक कार्यालयले सजाय गरेको छ।
ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हर्कलाई पहिलोपटकका लागि ५०० रुपैयाँ जरिवाना तिराएको हो।
सामाजिक सञ्जालबाट ट्राफिक नियम पालना नगरी सवारी चलाएको गुनासो आएपछि उनलाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ‘ङ’ १८ (लापरवाहीपूर्ण तरिकाले सवारी चलाएको कसुर) बमोजिम पहिलो पटक कसुर गर्नेलाई ५००, दोस्रो पटकलाई १,००० र तेस्रो पटक वा सोभन्दा बढी पटक कसुर गरेमा १,५०० रुपैयाँ जरिवाना हुने व्यवस्था छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया