बिएल संवाददाता
नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिला र तेन्जेन शेर्पा (लामा) विश्वको १४ वटा ८ हजारमाथिका हिमाल ९२ दिनमा चढेर विश्व किर्तिमान राखेका छन्।
उनीहरु ८ हजारमाथिका १४ वटा हिमाल सबैभन्दा छिटो चढ्ने आरोही बनेका छन्।
अन्तर्राष्ट्रिय पर्वतारोही र शेर्पाको टोली नेपाली समय अनुसार ११:३० बजे काराकोरममा अवस्थित विश्वको दोस्रो अग्लो केटु हिमालको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले पुष्टि गरेको छ।
आज बिहान केटु चुचुरो चढ्ने समिटरहरूमा नर्वेकी क्रिस्टिन हरिला, नेपालका तेन्जेन शेर्पा (लामा), छिरिङ नामगेल शेर्पा, मिङ्मा तेन्जेन शेर्पा, आङदावा शेर्पा, मुक्तु लाक्पा शेर्पा, फुर्वा शेर्पा र रसियाको फेडर कुप्रिचेन्कोभ र इरानका सारा एडबोवाइस रहेका छन्।
त्यस्तै रोप फिक्सिङ टोलीमा पासाङ नुर्बु शेर्पा, मिङ्तेम्बा शेर्पा र ङ्गिमा दोर्ची शेर्पा थिए। यो आरोहणसँगै क्रिस्टिन हरिला र तेन्जेल लामाले ९२ दिनमा आफ्नो 'फास्टेस्ट १४ पिक्स' को परियोजना पूरा गरेका छन्।
त्यस्तै किशोरावस्थामा सबै १४ चुचुराहरू चढ्ने अभियानमा रहेका निमा रिन्जी शेर्पाले पासाङ नुरबुसँग केटु आरोहण गरेर आफ्नो ८औं ८ हजार हिमाल आरोहण पूरा गरेका छन्।
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया