बङ्गलादेशमा यो वर्ष डेङ्गुका कारण १८५ जनाको मृत्यु 

फाइल तस्विर
फाइल तस्विर

बङ्गलादेशमा यस वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या १८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डिएफएचएस)ले मङ्गलबार जनाएको छ। सङ्क्रमितको सङ्ख्या ३५ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गुका कारण नौ जनाको मृत्यु भएको र यो महिना अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ।

महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना पाँच हजार ९५६ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुु को सङ्क्रमण देखिएपछि जुलाईको पहिलो २४ दिनमा थप २७ हजार २९२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको थियो। यो अवधिमा ढाकामा एक हजार २३८ सहित दुई हजार २९३ जना नयाँ डेङ्गुका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६२२ जना डेङ्गुुका बिरामी घर फर्केका छन्।

डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन्।

धरानमा धान्नै नसकिने डेंगीका बिरामी, दिनमै १०० भन्दा धेरै

प्रकाशित मिति: : 2023-07-25 19:18:00

प्रतिकृया दिनुहोस्