आइतबार, ०७ डिसेम्बर २०२५

घरघरमा खानेपानीका धारा पुगेपछि बुढुबासी खुसी

News Image
• • •

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ बुढु गाउँका घरघरमा धारा पुगेका छन्। गाउँका ८२ घरधुरीमा एक घर, एक धारा पुगेपछि स्थानीय खुसी भएका हुन्।

नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन, कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा ८२ घरधुरीमा खानेपानीको पुगेको गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताए।

'सबैका लागि दीगो खानीपानी सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) को संयुक्त लगानीमा संचालित बुढु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको हो,' उनले भने।

४४ लाख ७१ हजार ६ सय ५१ रुपैयाँ ९ पैसामा आयोजना निर्माण सम्पन्न भएको परियोजना संयोजक प्रताप हितानले बताए।

उनका अनुसार आयोजनाअन्तर्गत २ हजार ७० मिटर शाखा पाइप लाइन, एउटा इन्टेक निर्माण, एउटन २० घनमिटर पानी जम्मा गर्ने ट्यांकी र ३ वटा भल्ब च्याम्बर निर्माण गरिएकाे छ।

त्यस्तै एउटा धारा बुढु स्वास्थ्य चौकी एउटा धारा धारा मा.वि. बुढु चौतारालाई गरी कुल ८४ धारा निर्माण गरिएकाे छ।

सबै घरधुरीमा एक घर, एक धारा, एक भाडा सुकाउने चांग एक हातधुने स्थानका साथै एक घर एक शौचालय निर्माण गर्न लगाउने र पूर्ण सरसफाइयुक्त गराउने परियोजनाको लक्ष्य थियाे।

बुढु गाउँबाट सुरु भएको घरघर धार पालिकाभरि निर्माण गर्ने मुख्य लक्ष्य रहेको कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!