बिएल संवाददाता
जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ बुढु गाउँका घरघरमा धारा पुगेका छन्। गाउँका ८२ घरधुरीमा एक घर, एक धारा पुगेपछि स्थानीय खुसी भएका हुन्।
नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन, कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा ८२ घरधुरीमा खानेपानीको पुगेको गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताए।
'सबैका लागि दीगो खानीपानी सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) को संयुक्त लगानीमा संचालित बुढु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको हो,' उनले भने।
४४ लाख ७१ हजार ६ सय ५१ रुपैयाँ ९ पैसामा आयोजना निर्माण सम्पन्न भएको परियोजना संयोजक प्रताप हितानले बताए।
उनका अनुसार आयोजनाअन्तर्गत २ हजार ७० मिटर शाखा पाइप लाइन, एउटा इन्टेक निर्माण, एउटन २० घनमिटर पानी जम्मा गर्ने ट्यांकी र ३ वटा भल्ब च्याम्बर निर्माण गरिएकाे छ।
त्यस्तै एउटा धारा बुढु स्वास्थ्य चौकी एउटा धारा धारा मा.वि. बुढु चौतारालाई गरी कुल ८४ धारा निर्माण गरिएकाे छ।
सबै घरधुरीमा एक घर, एक धारा, एक भाडा सुकाउने चांग एक हातधुने स्थानका साथै एक घर एक शौचालय निर्माण गर्न लगाउने र पूर्ण सरसफाइयुक्त गराउने परियोजनाको लक्ष्य थियाे।
बुढु गाउँबाट सुरु भएको घरघर धार पालिकाभरि निर्माण गर्ने मुख्य लक्ष्य रहेको कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताए।

पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया