बिएल संवाददाता
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मन्त्रिपरिषद्ले दिएको नयाँ जिम्मेवारी अस्वीकार गरेका छन्।
कार्कीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी अस्वीकार गर्दै कार्की आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च जाने निर्णयमा पुगेका हुन्।
उनी अधिवक्ता टीकाबहादुर कुँवरमार्फत रिट लिएर कार्की सर्वोच्च अदालत पुगिसकेका छन्।
‘सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गरेर अदालत जाने निर्णयमा पुग्नुभएको हो। स्वीकार गरेको भए त अदालत जानै पर्दैनथ्यो नि। प्रहरी संगठनकै हितका लागि उहाँ अदालत जाने निर्णयमा पुग्नुभएको हो। कानुनविद्हरूले पनि त्यस्तै सुझाव दिनुभएको थियो,’ कार्कीनिकट स्रोतले भन्यो।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको थियो।
एआईजी मनोजकुमार केसी आईजीपी नियुक्त भएर कार्यभारसमेत सम्हालिसकेका छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया