रवि लामिछानेको बोली सुन्न कार्यकर्तालाई २५ सय शुल्क

दीपक बास्तोला

उर्लाबारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्नै पार्टी सभापति रवि लामिछानेको प्रशिक्षण लिन शुल्क तिरेका छन्। रास्वपा कोशी प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि कार्यकर्ताले शुल्क तिरेको हुन्।

यही साउन ५ र ६ गते आयोजन गरिएको प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि २ हजार ५ सय शुल्क तोकिएको थियो। सोहीअनुसार क्षितिज गौतमको नाममा रहेको एनएमबि बैंक विराटनगर शाखा कार्यालयको खाता नं.००८००५३३४३३०००१६ मा शुल्क भुक्तानी गर्न निर्देशन दिइएको थियो।

कार्यकर्ताहरु सोहीअनुसार शुल्क तिरेर प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्।

प्रशिक्षण कार्यक्रम इटहरीस्थित इम्पेरियल लन्चमा आयोजना गरिएको छ।

सहभागीताको लागि आह्वान गरिएको पत्रमा प्रदेश इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश विभागिय पदाधिकारी, निर्वाचन क्षेत्र समिती पदाधिकारी तथा पालिका सभापति, उपसभापति र सचिवहरुलाई सम्बोधन गरिएको छ।

आफ्नै पार्टी सभापतिको प्रशिक्षणको लागि पैसा शुल्क तिर्नु परेकोप्रति कार्यकर्ताहरुले असन्तुष्टि पोखेको छन्।

प्रकाशित मिति: : 2023-07-22 18:15:00

प्रतिकृया दिनुहोस्