बिएल संवाददाता
सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राखे।
‘नेपाली सेना राज्यशक्तिको नाम हो। सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन’, उनले भने।
सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गरे। ‘देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न। राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ। त्यसैले नेपाली सेनालाई अपमान गर्न हुँदैन’, उनले भने।
‘सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने दिएको अभिव्यक्तिको कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए।
सांसद गौतमले नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरुले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो। उनले भने, ‘कांग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, कांग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ।’
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया