बिएल संवाददाता
संविधानविद् भीमार्जुन आर्चायले ‘नेपालले पनि भारतको सिमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर रहेको टिप्पणी गरेका छन्।
दुई देशको सीमा विवादमा बेलायती सरकारसँग पनि कुराकानी भइरहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए।
‘दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझैं चिन्ताजनक छ। आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन,’ उनले भने।
उनले थपे, ‘यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन। यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुनस्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो।’
सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउने भन्दै सिंगो देश र देशबासी झनै सचेत हुनुपर्ने समय आएको उनले सचेत गराए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया